२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

वर्ल्डलिंकको जुमजुम यात्रा

काठमाडौं– नेपाली, कला संस्कृति, लोकबाजा र धुनहरुलाई जगेर्ना गर्ने उद्देश्यले वर्ल्डलिंकले जुमजुम यात्रा आयोजना गरेको छ। यात्रामा भैरवी ब्यान्डको लोक धुनहरुको प्रस्तुति रहने छ।यस यात्राको पहिलो र दोस्रो संस्करण फागुन ७ र ९ गते सम्पन्न भईसकेको छ। ललितपुरको इमाडोल, धापाखेल तथा काठमाडौंको स्युचाटार, बालाजु, स्वयम्भु र जोरपाटी गरी हालसम्म ६ वटा ठाउँमा यो कार्यक्रम सम्पन्न भइसकेको छ।
फागुन १६ गते यसको दोस्रो संस्करण पेप्सीकोला, लोकन्थली र गठ्ठाघरमा आयोजना भएको  छ। कार्यक्रम आयोजन गर्नस्थानीय क्लबहरुसँग समन्वय गर्दै, सहयोगस्वरुप उक्त संस्थालाई एक वर्षका लागि निः शुल्क इन्टरनेट सेवा प्रदान गरिएको छ।
कार्यक्रममा स्थानीय बासिन्दाहरुको विशाल सहभागीता रहेको छ। भैरवी ब्यान्डको लोक धुनहरुका प्रस्तुतिलाई जनसमुदायले मन पराएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७१ २२:४३ शनिबार