१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

आसिटीमा नाम पनि दाम पनि

सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मान देखेपछि काठमाडौंका अमित अग्रवाललाई आइटी क्षेत्रको जागिर नै सबभन्दा उत्कृष्ट लाग्यो। अग्रवाल सूचना प्रविधि (आइटी) क्षेत्रमा लागेको ८ वर्È नाघ्यो। आफ्नै प्रडक्ट बनाएर बिक्री गरिरहेका अग्रवालले जानकी टेक्नोलोजी दर्ता गरेर काम सुरु गरेका थिए। पाँचजनाको समूह मिलेर कम्पनी खोलिएको थियो। ‘अब आइटीलाई नै करिअर बनाउने सोचमा छु,' अग्रवालले भने, ‘यो क्षेत्रमा नाम र दाम दुवै छ। ल्यापटप र इन्टरनेट भए हुन्छ। ठूलो लगानी पनि आवश्यक पर्दैन।'जानकी टेक्नोलोजीले ‘स्प्यारो' र ‘पिकोविको' बनाएर राम्रै आम्दानी गरिरहेको छ। ह्वाइट हाउसबाट स्नातकोत्तर अग्रवालले सन् २००७ मा कम्पनी दर्ता गरेका हुन्।
काठमाडौं युनिभर्सिटीबाट स्नातकोत्तर गरेका चन्दन गुप्ताले पनि आफ्नै कम्पनी खोलेर काम गरिरहेका छन्। आइटी क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई पैसा कमाउन विदेश जानै नपर्ने उनको बुझाइ छ। एक्स्प्रेसिभ स्टुडियो खोलेर उनले व्यावसायिक काम थालेका छन्। गुप्ता र अग्रवाल उदाहरण मात्र हुन्। यस्ता धेरै आइटी विद्यार्थीले आफ्नै काम गरेर राम्रो आम्दानी गरेका छन्। 
धेरै युवा सूचना प्रविधिमा आफ्नो दिमाग लगाइरहेका छन्। आइटी क्षेत्र जागिर र करिअरको राम्रो गन्तव्य बनेको छ। आइटी नै अध्ययन गरेका इन्जिनियर मात्रै नभएर सामान्य ६ महिनादेखि एक वर्Èसम्मको तालिम लिएकाले पनि अहिले यो क्षेत्रमा राम्रो पैसा कमाइरहेका छन्। 
सफ्टवेयर डेभलपर र वेब डिजाइनरले विभिन्न कम्पनीमा जागिर खाएर मासिक १० हजारदेखि ४ लाखसम्म कमाइरहेका छन्। सूचना प्रविधिको बढ्दो आवश्यकता र प्रयोगस“गै यसमा दक्ष जनशक्तिको माग बढेको छ। स्वदेशमा दक्ष जनशक्ति भनेजति पाइँदैन।
अहिले त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका दर्जनौं कलेजले आइटी पढाउँछन्। 
त्रिभुवन विश्वविद्यालयले केही वर्षयता शिक्षा संकायमा पनि सूचना प्रविधि अध्ययन गर्न पाउने व्यवस्था गरेको छ। त्रिविअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजमा पनि सूचना प्रविधिको अध्यापन हुन्छ। त्रिविको उक्त व्यवस्थाले शिक्षाशास्त्र पढेका विद्यार्थी पनि कम्प्युटर इन्जिनियर बन्न सक्छन्। त्रिविले तीन वर्षदेखि मुलुकभरका पा“चवटा कलेज– डडेलधुरा, सुर्खेत, बुटवल, सिरहा र सानोठिमी क्याम्पसले सूचना प्रविधि अध्यापन गर्न पाउने व्यवस्था गरेको हो। 
राजधानीमा भने शिक्षाशास्त्रमा सूचना प्रविधि अध्यापन गराउने सानोठिमी क्याम्पस मात्र छ। यहाँ विद्यार्थीले ऐच्छिक विÈयका रुपमा सूचना प्रविधि अध्ययन गर्न पाउ“छन्। यसका लागि प्लस टु उत्तीर्ण हुनुपर्छ। 
विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पनि सूचना प्रविधिको अध्ययन गर्न सकिन्छ। विज्ञान संकायका विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ पढ्नुपर्छ। व्यवस्थापन तथा मानविकी संकायबाट जानेले बिआइएम (ब्याचलर इन कम्प्युटर इन्फर्मेसन सिस्टम) अध्ययन गर्न पाउने कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका कार्यसमिति सदस्य तथा आइसिटी एजुकेसन एन्ड ट्रेडिङ उपसमितिका संयोजक रोमकान्त पाण्डेले बताए। 
सूचना प्रविधि (आइटी) अन्तर्गत विशेÈगरी सफ्टवेयर, हार्डवेयर, टेलिकम र कम्प्युटर प्रणालीसम्बन्धी अध्ययन गराइन्छ। साथै अफिस अटोमेसन, वेब टेक्नोलोजी, ग्राफिक्स डिजाइनिङ, डाटाबेस एप्लिकेसनलगायत विÈय पनि अध्ययन, अध्यापन हुन्छ। हार्डवेयरअन्तर्गत नेटवर्किङ र कम्प्युटर तथा सर्भर मेन्टिनेन्स विÈयको पढाइ हुन्छ। सफ्टवेयरअन्तर्गत सफ्टवेयर डेभलपमेन्ट, प्रोग्रामिङ, वेब डिजाइनिङ, डाटाबेस, इ–कमर्स, वेब बिजनेस, एप्लिकेसन, एनिमेसनलगायत विÈय पढाइ हुन्छ।
एपेक्स कलेजले सूचना प्रविधिअन्तर्गत बिसिआइएम अध्यापन गराइरहेको छ। मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रमा प्लस टु सकेका विद्यार्थीले यो पढ्न पाउ“छन्। एपेक्सबाट अहिलेसम्म झन्डै एक हजारभन्दा बढी विद्यार्थीले आइटी विÈय अध्ययन गरिसकेको कलेजका आइटी डिपार्टमेन्ट सिस्टम प्रशासक तारा श्रेष्ठले बताए 
नेपालमा अहिलेसम्म सूचना प्रविधि अध्ययन गरेका मानिस बेरोजगार बस्नु नपरेको श्रेष्ठको भनाइ छ। ‘नेपालमा सूचना प्रविधिको प्रयोग विस्तारै बढ्दै छ। त्यसैले पनि सूचनाप्रविधि अध्ययन गरेका विद्यार्थीले रोजगारीको उपयुक्त अवसर पाउन सक्छन्,' उनले भने। 
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका क्याम्पस प्रमुख सुरेन्द्रनाथ अधिकारीले कम्प्युटर साइन्स मात्रै पढाउँदै आएको बताए। ‘विश्वविद्यालय अन्तर्गत हाम्रो कलेजले एउटामात्र कोर्स अध्ययन गराउँछन्,' अधिकारीले भने, ‘एउटामात्रै विषयलाई फोकस गरेर अध्ययन गराउने योजनासहित अगाडि बढेका हौं।' 
उनका अनुसार धेरैजसो नेपाली कलेजले किताबी ज्ञानमात्रै उपलब्ध गराएकाले उत्पादित विद्यार्थी नेपाली कम्पनीमा बिक्न कठिन भएको हो। ‘कम्पनीहरु जहिले पनि पूर्ण ज्ञान भएका मानिस खोज्छन्,' उनले भने, ‘तर कलेजबाट निस्किएका विद्यार्थी कम्पनीलाई चाहिने खालका हुँदैनन्।' 
कम्पनी र कलेजबीच ठूलो खाडल भएकाले तारतम्य मिल्न नसकेको उनको बुझाइ छ। कम्पनीले खोजेअनुसारको कर्मचारी पाउन विद्यार्थीलाई आधारभूत तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। ‘हामीले त अध्ययनसँगै प्रयोगात्मक कक्षा पनि सञ्चालन गछौं,' उनले भने, ‘प्रयोगात्मक कक्षा सञ्चालनका लागि डियरवाक सर्भिसेस प्रालिनै स्थापना गरेका छौं, जसमा तीन सयजनाले रोजगारी पाएका छन्।' कलेजले सन् २०११ बाट कक्षा सञ्चालन गरेको हो।
नेपालमा बर्सेनि ५५ सय हाराहारी ब्याचलर र मास्टर डिग्री गरेका विद्यार्थी बजारमा आउँछन्। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी विद्यार्थी रोजगारको सिलसिलामा युरोप तथा अमेरिका जान्छन्। यसरी दक्ष जनशक्ति बिदेसिँदा नेपाललाई धेरै नोक्सान हुने आइटी क्षेत्रका व्यवसायीको भनाइ छ। 
पाण्डेका अनुसार हाल नेपालमा दुई सय हाराहारी आइटी पढाउने कलेज छन्। तर उत्पादित विद्यार्थी भने नेपालमा नभई विदेशै हानिने गरेको कलेज सञ्चालकको भनाइ छ। 
नेपाली कम्पनीले आइटी पढेका विद्यार्थीलाई राम्रो सुविधा दिए पनि विदेशै जाने गरेको उनीहरु बताउँछन्। ‘अहिले नेपाली कम्पनीले पनि मासिक ३/४ लाख रुपैयाँ तलब दिएर कर्मचारी लिएका छन्,' पाण्डेले भने, ‘तर पनि विद्यार्थीको पहिलो रोजाइ भनेको विदेश नै बनेको छ।' 
पढाउँदा पनि राम्रै कमाइ
सूचना प्रविधि पढाउने मान्छे पाउन पनि गाहै्र छ। जागिर खानेले मात्रै होइन वेबसाइट र सफ्टवेयर डेभलपरस“गै आइटी तालिम चलाएर राम्रो आम्दानी गर्नेहरु पनि छन्। आइटी जानेकाले जे गरे पनि पैसा छ। सरकारी कार्यालय, गैरसरकारी संस्था र विभिन्न ट्राभल एन्ड टुर्स कम्पनीका लागि सयौं वेबसाइट बनाउन सकिन्छ। वेबसाइट निर्माण ७ हजारदेखि सुरु हुन्छ। बजारमा पा“च लाखसम्मको वेबसाइट बन्छ। 
सरकारी कार्यालय, बैंक तथा व्यावसायिक क्षेत्रमा पनि प्रविधिको प्रयोग बढेको छ। सूचना प्रविधिको क्षेत्रमा भइरहेको दिन दुगुना रात चौगुना विकासबाट कोही पनि अछुतो रहन नसकेको अवस्थामा करिअरको अवसर पनि बढेको छ। आइटी तालिम दिन खुलेका इन्स्टिच्युटमा बढेको भिडले पनि यसप्रतिको आकर्Èण बढेको बु‰न सकिन्छ।
आउटसोर्सिङ पनि बढ्दै 
विदेशी कम्पनीको लागि सफ्टवेयर निर्माण र वेब डिजाइन गर्ने कम्पनी पनि बढेका छन्। सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेका भारत र चीनको बीचमा रहेकोले नेपालमा सूचना प्रविधिको राम्रो सम्भावना र बजार रहेको यसमा संलग्न बताउँछन्।
नेपालबाट भारतका अलावा युरोपेली मुलुक र अमेरिका, अस्ट्रेलिया, जापान लगायत देशमा आइटी प्रडक्ट निकासी हुन्छ। घरमै एउटा कम्प्युटर राखेर विदेशी कम्पनीका लागि सफ्टवेयर र वेब डिजाइन गर्नेहरु पनि धेरै छन्। दर्ताबिनै काम गर्ने धेरै भएकोले यो कति मात्रामा निकासी हुन्छ भन्न सकिँदैन। सरकारले विदेश निकासी गर्न सकिने तुलनात्मक लाभका वस्तु र सेवाको सूचीमा आइटीलाई प्रमुख प्राथमिकतामा राखेको छ। सरकारी तहको पहलमै यो क्षेत्रको भविष्य निर्भर छ।

प्रकाशित: १४ माघ २०७१ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App