३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

विन्डोज फोन बिक्री गरिने

काठमाडौं– कलर्स मोबाइलको अधिकृत वितरक टेलिटकले नेपालमा कलर्स विन्डोज फोन बिक्री वितरण सुरु गर्ने भएको छ।सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले पहिलो विन्डोज फोन माइक्रोसफ्टसँगको सहकार्यमा क्यान इन्फोटेक २०१५ को दौरानमा बजारमा उपलब्ध गराउने जानकारी गराएको छ। फोनको अग्रिम बुकिङ माघ १४ गतेदेखि आरम्भ हुने क्यान इन्फोटेकमा कलर्स मोबाइलको स्टलबाट गरिने कम्पनीले जनाएको छ। 
यसैका लागि माइक्रोसफ्टका प्रतिनिधिहरु आएका छन्। प्रतिनिधिहरुले सोही दौरानमा एप्सका निर्माताहरु, विद्यार्थीहरु, कलाकारहरु एवं आइटीसँग चासो राख्नेहरुबीच विभिन्न अन्तर्क्रियात्मक कार्यक्रमको पनि आयोजना गर्ने भएका छन्। यसका साथै माइक्रोसफ्टका वरिष्ठ कर्मचारीहरुले सेल्स पर्सनल एवं खुद्रा बिक्रेताहरुका लागि सीप विकास तालिम पनि सञ्चालन गर्ने भएका छन्।
कलर्सले अप्रिलमा एप् सम्बन्धी एक गोष्ठी आयोजना गर्न लागेको र सो गोष्ठीमा सहभागी बन्नका लागि फेसबुकमार्फत नाम दर्ता गराउन सकिने जानकारी पनि दिएको छ।
नेपालमा टेलिटेकको साथ मिलेर टेलिटकले सन् २००९ देखि कलर्स मोबाइल उपलब्ध गराउन थालेकोे थियो। कलर्स नेपालमा सबैभन्दा बढी बिक्री हुने मोबाइलमध्ये एक हो।

प्रकाशित: १२ माघ २०७१ २३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App