४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

एनसेलको ‘पावर रिचार्ज' योजना

काठमाडौं-निजी क्षेत्रका मोबाइल टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले ‘पावर रिचार्ज' नामको नयाँ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत एनसेलका ग्राहकले अफर एक्टिभेट गरी एक सातामा दुई पटक १ सय रुपैयाँभन्दा माथिको रिचार्ज गरे एनसेल नेटवर्कभित्र ५० प्रतिशत छुटमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार पावर रिचार्ज योजना आइतबारबाट लागु हुनेछ। एनसेलका सबै प्रिपेड तथा पोस्टपेडका ग्राहकले १७११० मा डायल गरी योजनामा निःशुल्क सहभागी हुन सक्नेछन्। योजनामा सहभागी ग्राहकको रिचार्ज साप्ताहिक (आइतबारदेखि शनिबारसम्म) गरिएको रिचार्जलाई मात्र गणना गरिने छ।
योजनाअन्तर्गत प्राप्त छुट सुरुको पाँच दिनसम्म लागु हुनेछ। ग्राहकले सातामा एक पटकमात्र छुट पाउनेछन्। ग्राहकले एस्ट्रिक्स १७११० ह्यास डायल गरी साताभर कति पटक रिचार्ज गरे भन्ने जानकारी पनि पाउनेछन्। छुट आधार मूल्यमा लागु हुनेछ। 
ग्राहकले रिचार्ज कार्ड, भिएफटी, बैंकलगायत कुनै पनि माध्यमबाट रिचार्ज गरेर योजनाअन्तर्गतको लाभ पाउन सक्ने एनसेलले जनाएको छ। ‘आफ्ना ग्राहकलाई विशेष मूल्य प्रदान गर्ने प्रयासअन्तर्गत योजना ल्याएका हौं,' ‘एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्, ‘यसले सुलभ दरमा टेलिफोन सम्पर्कमा रहन सम्भव बनाउने छ।'

प्रकाशित: ५ पुस २०७१ २२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App