२२ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

क्यास अन एडमा शर्मा

काठमाडौं– क्यास अन एडको प्रमुख कार्यकारी अधिकृतमा विनित शर्मा नियुक्त भएका छन्। उनी सन् २०१० देखि क्यास अन एडसँगै यसका भगिनी संस्थाहरु एफवान सफ्ट, इसेवा लगायतका कम्पनीमा रणनीतिक सल्लाहाकारका रुपमा काम गर्दै आएका थिए। कम्पनी सञ्चालक समितिको हालैको बैठकले शर्मालाई क्यास अन एड ग्लोबलको प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्नेे निर्णय गरेको हो।२५ वर्षभन्दा लामो समयदेखि प्रविधिका क्षेत्रमा अनुभव सम्हालेका शर्मा प्राविधिक आर्किटेक्ट, उच्च तहको व्यवस्थापन, व्यवसायिक अध्यापन र उद्यमशीलतामा संलग्न छन्। उनी प्रविधि विकास कम्पनीका विभिन्न पदमा काम गरिसकेका छन्। त्यसैगरी शर्मा स्टक मार्केट डाटाको प्राविधिक विश्लेषण टुल निर्माण गरेको कम्पनी अनटिक इन्कका सहसंस्थापक समेत हुन्।
साउदर्न इलिनोइ विश्वविद्यालयबाट कम्युटर विज्ञान तथा इन्जिनियरिङ विज्ञानमा स्नातकोत्तर गरेका शर्मा युनिभर्सिटि अफ क्यालिफोर्निया बर्कले तथा युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ता त्रु्कज एक्सटेन्सन क्याम्पसहरुमा पनि प्रध्यापन गर्छन्।
क्यास अन एडमा जिम्मेवारी सम्हाल्दै सिईओ शर्माले नविनतम प्रविधिको विकास तथा कम्पनीका उत्पादनको स्थानीय तथा विश्व बजारमा पहिचान दिलाउनु पर्नेमा जोड दिए। उनले कम्पनीका लागि मानवीय स्रोत महत्वपूर्ण हुने बताउँदै तिनैले कम्पनीलाई अर्को तहमा पुर्यानउने बताए।
‘क्यास अन एड नविनतम सोंच राख्छ र यसको प्रगति दु्रत गतिमा भैरहेको छ, यसलाई थप गति दिन हामीले निरन्तर सुधार गर्नु पर्छ र त्यसका लागि बलियो टिम वर्कको आवश्यकता पर्छ,' उनले भने। सिलिकन भ्याली क्यालिफोर्निया अमेरिकामा प्रधान कार्यालय रहेको क्यास अन एडले मोवाइल विज्ञापन बजारमा काम गर्दै आएको छ। नेपालबाट सुरु भएको कम्पनीको यात्रा अहिले अस्ट्रेलिया, इक्वेडर, भारत तथा श्रीलंकामा पुगेको छ।

प्रकाशित: २४ भाद्र २०७१ २२:२१ मंगलबार