सामसङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसका महाप्रबन्धक सञ्जीव मिश्र र बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले सम्झौतामा हस्ताक्षर गरे। मोबाइल बजारको प्रवर्द्धनका लागि गर्न लागिएको ‘ग्रान्ड ओपनिङ प्रोमोसन एक्स्पो' मा सामसङ मुख्य प्रयोजक बनेको हो। एक्स्पो ‘सामसङ मोबाइल ग्रान्ड ओपनिङ प्रोमोसनल एक्स्पो २०७१' को नाममा सञ्चालन हुनेछ।
यो एक्स्पो भदौ ११ गतेदेखि भदौ २१ गतेसम्म सिटिसी मलमा आयोजना हुनेछ। मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढी मोबाइलका ब्रान्डेड पसल तथा विभिन्न कम्पनीका सोरुम र केयर सेन्टर खुल्ने भएको छ। एक्सपोको अवधिभर करिब ४ लाख अवलोकनकर्ता तथा ग्राहकहरु नयाँ मोबाइल बजारमा आउने आयोजकको दाबी छ।
एक्स्पोको अवधिभर मोबाईल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैयाँ बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने आयोजकले जनाएका छन्।
एक्स्पोको अवसरमा हरेक ब्रान्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने बताईएको छ।
मोबाइल बजारमा सामसङ, हुवावे, बिक्यु, लेनेभो, सेलकोन, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री वितरण हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ३ भाद्र २०७१ २२:०६ मंगलबार





