२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

रुसी प्रधानमन्त्रीको टि्वटर एकाउन्ट ह्याक

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवको टि्वटर एकाउन्ड बिहीबार ह्याक भएको छ। ह्याकरले उनको ह्यानडलबाट आफूले राजीनामा दिइसकेको टि्वट गरेका छन्।
रुसी भाषाको यो एकाउन्टमा २५ लाखभन्दा बढी फलोअर्स छन्। ह्याक भएपछि उनको ह्यान्डलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरिएका टि्वटहरू गरिएका छन्। सरकारले तत्कालै प्रधानमन्त्रीको एकाउन्ट ह्याक भएको पुष्टि गरेको थियो।
ह्याकरले सुरुमा लेखेका थिए, 'म राजीनामा दिइरहेको छु। सरकारको कामप्रति मलाई लज्जाबोध छ। मलाई माफ गरिदिनुहोस्।' यसपछि 'बिजुलीमाथि प्रतिबन्ध लगाइने' र 'भ्लादिमिर पुटिन गलत थिए' जस्ता टि्वट भएका छन्। ह्याकरले अब मेदभेदेवले स्वतन्त्र फोटोग्राफरका रुपमा नयाँ जीवन सुरु गर्ने उल्लेख गरेका छन्।
रुसी ह्याकरहरूको समूह साल्टे–बोल्टेले यसको साइबर आक्रमणको जिम्मेवारी लिएको छ। प्रधानमन्त्रीको जिमेल एकाउन्ट र आइफोनमा समेत प्रवेश गरेको दाबी गरेका छन्।

प्रकाशित: ३० श्रावण २०७१ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App