सात इन्चको आइसिएस एचडी नामक आकषर्क स्त्रि्कन भएको यो सेटमा पछिल्लो समयको निकै प्रख्यात १.२ गिगा हर्ज क्वाड कोर प्रोसेसरयुक्त प्रविधि छ। ४.४ एनड्रोइड ओएस र आठ जिबी इन्टरनल मेमोरी रहेको यो मोबाइल सेटमा ओटिजी केबलका साथै थि्रजी र टुजी दुवै सिम लगाउन सकिने छ।३५०० एमएयच मेगा हर्जको ब्याट्री पावर भएको एक्सटी ७५१ मोडलको यो सेट लामो समयसम्म ब्याट्री टिकी रहोस भन्ने चाहाना राख्ने उपभोत्ताहरुको लागि बढि उपयोगि हुने छ। फ्रन्ट र ब्याक क्यामेरा भएको यो मोबाइइको खरिदमा एउटा छालाको कभर र एनसेलको ९०० एमबीको निःशुल्क डाटा पाउन सकिने कम्पनीले जनाएको छ।
एक्टी ७२१ मोडलको अर्को नेटबुक फोनमा १.३ गिगा हर्जको ड्युल कोर प्रोसेसर र ४.२.२ ओएस सिस्टमको प्रविधि छ। आठ जिबी इन्टरनल मेमोरी भएको यो सेटमा पनि थि्रजी र टुजी दुवै सिम लगाउन सकिने छ।
२८०० एमएयच मेगा हर्जको ब्याट्री पावर भएको यो सेटमा पनि फ्रन्ट र ब्याक क्यामेरा रहेको छ। यसको खरिदमा एउटा छालाको कभर र एनसेलको ९०० एमबीको निःशुल्क डाटा पाउन सकिने छ।
यी दुबै नेटफोनमा वाइफाई, ब्लु टुथ, प्रक्सिमिटी, एस्सिलेटर, लाइट सेन्सर, जि सेन्सर, कम्पास सेन्सेर, वाप, एड्ज, जिपिआरएस, म्युजिक प्लेयर र भिडियो प्लेयर जस्ता अत्याधुनिक प्रविधि छ।
प्रकाशित: १७ श्रावण २०७१ २२:१० शनिबार





