१.२ गिगाहर्जको क्वालकम क्वाड कोर प्रोसेसर रहेको यो स्मार्टफोनको डिस्प्ले ४.७ इन्चको छ भने यसमा आठ जिबीको मेमोरी र एक जिबी ¥याम रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आठ मेगापिक्सेलको रियर क्यामेरा र १.३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएको एजली जिटु मिनीमा एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको छ।
नेपाली बजारमायसको मूल्य ३५ हजार नौ सय ९९ रुपैयाँ रहेको र हरेक खरिदमा एक हजार पाँच सय मूल्यबराबरको फ्लिप कभर निःशुल्कप्राप्तगरिने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३१ असार २०७१ २०:५६ मंगलबार





