२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

'नोकिया एक्स' र 'लुमिया ६३०' आए

काठमाडौं– नोकियाले 'नोकिया एक्सएल' र 'नोकिया लुमिया ६३०' दुई नयाँ मोडलका मोबाइलहरू बजारमा ल्याएको छ। नोकिया प्रोडक्ट लन्च तथा रिसेलर्स मिट कार्यक्रममा कन्ट्रि म्यानेजर रादी अहमद चौधरीले नयाँ मोडलको बारेमा बताएका थिए।
नोकिया लुमिया ६३० क्वाड–कोर प्रोसेसर भएको स्न्यापड्रयागन ४०० चिपसेटद्वारा सञ्चालित हुन्छ भने यो विन्डोज ८.१ सिस्टममा चल्ने विज्ञप्तिमा जनाइएको छ। यसमा ४.५ इन्चको १६एम–कलर क्लियरब्ल्याक आइपिएस एलसिडी डिस्प्ले रहेको छ भने क्यामेरा लेन्सको क्षमता ५ मेगापिक्सेल रहेको छ। ५१२ र्यािम र ८ जिबी सम्मको मास मेमोरी (जुन माइक्रो एसडी कार्डद्वारा बढाएर १२८ जिबी सम्म लान सकिन्छ) भएको यस फोनमा ७ जिबी सम्मको निःशुल्क माइक्रोसफ्ट स्काइड्राइभ स्टोरेज पनि छ।
यस मोबाइलमा ब्राइट ग्रीन, ब्राइट रेड, क्यान, यल्लो, ब्ल्याक तथा ह्वाइट गरी विभिन्न कलरहरूको रेन्जमा उपलब्ध छ र यसको अधिकतम बिक्री मूल्य १७ हजार ६ सय ३० रुपैया रहेको छ।
नोकिया एक्सएल एन्ड्रोइड नोकिया एक्स १.० युआई र डुअल–कोर प्रोसेसर भएको क्वालकम स्न्यापड्रयागन एसफोर एमएसएम ८२२५ चिपसेटद्वारा सञ्चालित हुन्छ। यसमा ५ इन्चको १६ एम–कलर आइपिएस एलसिडी डिस्प्ले रहेको छ भने क्यामेरा लेन्सको क्षमता ५ मेगापिक्सेल रहेको छ। ७६८ र्यालम र ४ जिबी सम्मको मास मेमोरी (जुन माइक्रो एसडी कार्डद्वारा बढाएर ३२ जिबीसम्म लान सकिन्छ) भएको फोन ब्राइट ग्रीन, ब्राइट रेड, क्यान, यल्लो, ब्ल्याक तथा ह्वाइट गरी विभिन्न कलरहरूको रेन्जमा उपलब्ध छ। यसको अधिकतम बिक्री मूल्य १७ हजार ५ सय रहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७१ २३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App