काठमाडौं– माइक्रोम्याक्सले ‘क्यानभास नाइट ए ३५०' मोडल नेपाली बजारमा ल्याएको छ। मिडियाटेक २ गिगार्हज अक्टाकोर र एमटी ६५९२ टी प्रोसेसर भएको मोबाइल बजारमा ल्याएको हो।मोबाइलमा २ जिबी र्याम राखिएको छ। १२.७ सेन्टिमिटर (५ इन्च)को फूल एचडी आइपिएस स्क्रीनकामा उच्च क्वालिटीको डिस्प्ले राखिएको बताइएको छ। ओम्निभिजनको क्यामराचिप सेन्सर र नयाँ प्रविधिको ‘एमएट' ड लार्गन लेन्स भएको १६ मेगापिक्सेल क्यामराबाट फोटो खिच्न सकिने बताइएको छ। पछाडिको क्यामरामा भोइस कमान्ड भएकाले ग्राहकहरुले केबल ‘चिज' अथवा ‘क्याप्चर' भनेर नै आफ्नो फोटो खिच्न सक्नेछन्।
माइक्रोम्याक्सका आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंकका निर्देशक शिरिष मुरारकाले भने, माइक्रोम्याक्सले सधैं ग्राहकहरुको आवश्यकता पूरा गर्नेछ।' साथै क्यानभास नाइट यामाहा म्युजिक एम्प्लीफायरले संगीत प्रेमीहरुका लागि सिनेम्याटिक मनोरञ्जन राखिएको छ। ३२ जिबी मेमोरी र २३५० एमएएच ब्याट्री भएकाले ग्राहकहरुले म्युजिक, फोटो र भिडियो राख्न सकिने छ।
प्रकाशित: ३० वैशाख २०७१ २३:३३ मंगलबार