१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

टेलिकमको महसुल छुट जारी

काठमाडौं– नेपाल टेलिकमले दसौं वार्षिकोत्सवको उपलक्ष्यमा गत माघ देखि ३ महिनाका लागि प्रदान गरेको विभिन्न सेवाको महसुल शुल्कलाई निरन्तरता दिएको छ।निरन्तरता दिइएको छुटमा फ्रेन्ड्स एन्ड फ्याम्ली सेवाबापत सिडिएमए पोस्टपेड मोबाइलको लागि प्रति मिनेट ५५ पैसा तथा सिडिएमए प्रिपेड मोबाइलको लागि प्रति मिनेट ७५ पैसा कायम गरिएको छ। त्यस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरूका लागि बिक्री वितरण भएको सिम र रिमबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा प्रति एसएमएस वापत २० पैसा कायम गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूलाई ल्याइएको विशेष प्याकेज अन्तर्गत वितरण गरिने सिम र रिमबाट कम्पनीकै नेटवर्क भित्र हुने प्रत्येक १० मिनेट कलको १ रुपैयाँका दरले आगामी एक वर्षसम्म बोनस वितरण गरिने प्रवक्ता गुणकेशरी प्रधानले बताइन्।
कम्पनीले इभिडियो सेवाको नया“ २५ एमबी तथा ३ सय एमबी डाटा प्याकेज क्रमश २ दिन र १५ दिनको समयावधि कायम गरी वितरणलाई समेत निरन्तरता दिएको छ। त्यस्तै ३ सय एमबीको १५ दिनका लागि १ सय ३०, ५ सय एमबीको १ महिनाका लागि २ सय, २ जिबीको २ महिनाका लागि ७ सय ६०, ५ जिबीको २ महिनाको लागि १७ सय र १० जिबीको २ महिनाको लागि २४ सय शुल्क रहेको टेलिकमले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०७१ २२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App