२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

पुनलाई एक्सिलेन्स अवार्ड

काठमाडौं– दुर्गम क्षेत्रमा वायरलेस नेटवर्किङ पुर्या१एर चर्चित बनेका महावीर पुनले यस वर्षको आइसिटी एक्सिलेन्स अवार्ड जितेका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा पुनलाई सम्मान गरिएको थियो।राष्ट्रिय सूचना विभाग र कम्प्युटर एसोसियसन अफ नेपालले आयोजना गरेको कार्यक्रमा पुनसहित डा. ज्योति तन्डुकार र सुरेश रेग्मी मनोनयनमा परेका थिए। त्यसैगरी वेस्ट आइसिटी युजर्स प्राइभेट सेक्टरको अवार्ड मिदास कम्पनीले जितेको छ। मिदास शिक्षा र स्वास्थ्य क्षेत्रमा श्रव्यदृष्य कार्यक्रम उत्पादनमा अग्रणी भूमिका खेलेको छ। 
त्यसैगरी वेस्ट आइसिटी युजर्स इन पब्लिक सेक्टर अवार्ड महालेखा परीक्षकको कार्यालयले पाएको छ। सरकारी क्षेत्रको सूचनालाई प्रविधिमार्फत जनतासम्म पुर्यााउन सफल भएकाले यसलाई पुरस्कृत गरिएको जनाइएको छ। महालेखासँगै राष्ट्रिय वाणिज्य बैंक, कम्पनी रजिष्ट्रारको कार्यलय र नेपाल आर्मी मनोनितमा परेका थिए। 
कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले स्कुलदेखि नै कम्प्युटर अध्ययन गर्ने व्यवस्था मिलाई सूचना प्रविधिको जग हालेमात्र वास्तविक सूचना प्रविधि विकास हुने बताए। उनले अहिले गाउँगाउँमा पुगेको मोबाइलको उदाहरण दिँदै कम्प्युर पनि गाउँगाउँ पुर्याबएर सूचना प्रविधि विकास गर्नुपर्ने बताए। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपालमा खुला अर्थतन्त्रसँगै प्रविधिमा पनि फड्को मारेको बताए। आजको आवश्यकता बौद्धिक विकासको भएकाले यसलाई सूचना प्रविधिले सघाउने बताए।

प्रकाशित: १९ वैशाख २०७१ २१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App