८ आश्विन २०८२ बुधबार
image/svg+xml ५:२३ पूर्वाह्न
प्रविधि

करोडौंको भि–स्याट टेलिफोन अलपत्र

खिड्कीज्यूला पिपलकोट(दैलेख) – विकट गाविसहरुमा ताररहित टेलिफोन सेवाका लागि जोडिएको करोडौं मुल्यको भि–स्याट टेलिफोन प्रयोगविहीन भएको छ। विकट गाविसहरुमा कम्तिमा २ लाइन टेलिफोन पुर्‍याउने सरकारी नीतिअनुरुप जोडिएको भि–स्याट टेलिफोन प्रयोगविना नै थन्किएको हो।

ग्रामीण दुरसञ्चार कार्यक्रम संचालन गरेको थियो। पहाडी तथा हिमाली जिल्लाहरुमा कुनै पनि प्रविधिको टेलिफोन सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले जडिएका भि–स्याट प्रविधि आहिले प्रयोविहीन बनेका छन्। ताररहित सञ्चार भू–उपग्रह मार्फत् संचालन हुने यो प्रविधि हो। नेपाल टेलिकमले चीनको भू–उपग्रह भाडामा प्रयोग गरि भि–स्याट टेलिफोन नेपालमा संचालनमा ल्याइएको हो। भि–स्याटबाट टेलिफोन सेवा, इन्टरनेट सेवा, फ्याक्स सेवा, टेलिफोन एक्चेञ्ज संचालनका लागि ट्रान्समिसन लिङ्क, मोवाइलका लागि इएल आदि सेवा संचालन गर्न सकिने नेपाल टेलिकम दैलेखले जनाएको छ। जिल्लामा विभिन्न १४ वटा स्थानमा जडान भएर सेवा प्रदान गरेका भि–स्याट स्टेशनहरु अलपत्र अवस्थामा रहेका छन्।
जिल्लाका कृुनै पनि सुविधा नपुगेका गाविसमा नेपाल सरकारबाट सिफारिस भई सञ्चार सेवा पुर्‍याउन गाविस वा गाविसबाट  तोकिएका सञ्चालनहरुद्वारा संचालित स्टेशनहरुमा बराह, पिपलकोट, र कासिकाँधका भि–स्याट बन्द भएका छन।  तल्लो डुङ्गेश्वर, जम्वुकाँध, ठाटीकाँध, सिगौडी, तिलेपाटा, चामुण्डा, नौमुले र टाटामाखुमा संचालित भि–स्याट स्टेशनहरु टेलिसेन्टर स्थापना गरि जनतालाई एकीकृत रुपमा टेलिफोन फ्याक्स, र इन्टरनेट जस्ता सेवा प्रदान गर्ने उद्दश्यले जडान गरिएका स्टेशनहरु हुन। ०६६ देखि ०६९ सालको आवमा भि–स्याट फोन जडान गरिएका हुन। ८० प्रतिशत महशुल नतिरेका कारण अहिले बन्द अवस्थामा रहेको नेपाल टेलिकमले जनाएको छ। कतिपय स्टेशनहरुमा जडित उपकरणहरुलाई दुरुपयोग गरि भिडियो देखाउने, बत्ति बाल्ने लगायतका कामहरुमा गर्ने गरेको पाइएको छ।

प्रकाशित: ९ वैशाख २०७१ २३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App