अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।
विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।
प्रकाशित: २५ चैत्र २०७० ०४:४४ मंगलबार