यसअघि समलिङ्गी विवाहका पक्षधरहरुले एइचविरुद्ध अभियान चलाएका थिए। डेटिङ साइट ओकेक्युपिडले वेब ब्राउजर मोजिला फायरफक्स प्रयोग नगर्न सार्वजनिक अपिल गरेको थियो। फायरफक्सका नयाँ सिइओ ब्रेण्डन एइच समलिङ्गी विवाहविरुद्ध रहेको भन्दै ओकेक्युपिडले नि:शुल्क आउटसोर्स ब्राउजरको विकल्पमा इन्टरनेट एक्स्पोलोरर, गुगल क्रोम र ओपेरा प्रयोग गर्न सूचना निकालेको थियो।
जाभा स्क्रिप्टका इन्भेन्टर एइच २४ मार्चदेखि ओपनसोर्स ब्राउजर फायरफक्सको नयाँ सिइओ नियुक्त भएका थिए। उनी सन् २००८ मा क्यालिफोर्नियामा भएको समलिङ्गी विवाहविरुद्धको अभियानमा सहभागी थिए। सो अभियानलाई उनले १ हजार डलर दान समेत गरेका थिए।
विश्वभरिबाट वेब ब्राउजिङ गर्नेमध्ये मोजिला चलाउने २२ प्रतिशत छन्। जर्मनी, इन्डोनेसिया, पोल्यान्डमा मोजिला सबैभन्दा बढी प्रयोग हुन्छ।
प्रकाशित: २३ चैत्र २०७० ०३:२५ आइतबार