४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

छ आईएसपी खारेज

काठमाडौं, भदौ १३ (नागरिक)- नेपाल दूरसञ्चार प्राधिकरणले
६ वटा इन्टरनेट सेवा प्रदायक (आईएसपी) खारेज गरेको छ।

लामो समयदेखि सरकारलाई तिर्नुपर्ने कर नतिरेका र प्राधिकरणमा
सम्पर्क राख्न निर्देशन दिँदा पनि अटेर गरेकाले तिनलाई प्राधिकरण
सञ्चालक समितिले खारेज गरेको हो।

खारेजीमा पर्नेमा आइपी कम्युनिकेसन, पर्सनल ब्रोडब्यान्ड, स्तुपा नेट, कम्प्युटर क्लिक
अनलाइन, ग्लोबल प्लस नेटवर्क्स र स्विफ्ट लिंक छन्। यी आईएसपीहरुले आफ्नो होमपेजसमेत खोलेका थिएनन्।

नेपालमा इन्टरनेट सेवा बिक्रीका लागि ३८ कम्पनीले अनुमति
पाएका छन्। ६ वटा खारेजीपछि ३२ वटा सञ्चालनमा छन्।

'इन्टरनेट बजारमा नेपाल टेलिकम, वर्ल्डलिंक, मर्कन्टाइल,
सुबिसुको बर्चस्व छ,' प्राधिकरणका एक अधिकारीले भने, 'अरू
कम्पनीमध्ये अधिकांशको एक हजार ग्राहक पनि छैनन्।'

प्राधिकरणको व्यवस्थापन सूचना प्रणाली प्रतिवेदनअनुसार
इन्टरनेटका ग्राहक ५ लाख १५ हजार छन्। यसमध्ये टेलिकमका
इन्टरनेट प्रयोगकर्ता एक लाखभन्दा बढी छन्। सञ्चालनमा रहेका
आईएसपीका ग्राहक ६१ हजार ५ सय मात्र छन्।

प्रकाशित: १२ भाद्र २०६६ २३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App