पारित प्रस्तावमा नेपाल टेलिकमको व्यवस्थापकीय सुधार गरी व्यावसायिक रुपमा अघि बढाउन रणनीतिक साझेदार भित्र्याउनु पर्ने, सार्वजनिक खरिद ऐनको संशोधन गर्नुपर्ने, ग्राहकहरुलाई एकैस्थानबाट प्रभावकारी तथा गुणस्तर सेवा उपलब्ध गराउनु पर्ने तथा नेपाल राष्ट्र बैंकको मूल्यसूचीअनुसार कर्मचारीको तलब भत्ता वृद्धिगर्नु पर्नेलगायतका छन्।
नवनिर्वाचित अध्यक्ष रावलले अधिवेशनमा पारित प्रस्तावको कार्यान्वयनका लागि आफू लागिपर्ने र यसका लागि सहकार्य गर्न टेलिकममा सबै कर्मचारी, सङ्घ र सङ्गठनलाई आग्रह गरे।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष चक्रपाणि आचार्य तथा उपाध्यक्षद्वयमा इन्दु आचार्य र सम्पतकुमार आचार्य छन्। रासस
प्रकाशित: १ पुस २०६९ ०६:४३ आइतबार





