coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

प्राविधिक शिक्षा रोजगारको नयाँ गन्तव्य

२१ औं शताब्दीमा विज्ञानले धेरै ठूलो फड्को मारिसकेको छ। विज्ञान र प्रविधिले विश्वलाई एक गाउँमा समेटीसकेको छ। मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ। देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ। प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ।

हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोमा आर्थिक दृष्टिले, विकास निर्माणका दृष्टिले, रोजगारीका अवसरका दृष्टिले निकै पछाडि परेको छ। यसको एउटा पक्ष रोजगारीका अवसर कम हुनु हो। धेरै जसो मानिसहरू बेरोजगार छन्। जतिले रोजगारी पाएका छन् ती पनि पूर्णकालिक नभई अर्धरोजगार छन। जब व्यक्तिको आय नै कम छ भने जीवनस्तर राम्रो हुने कुरै भएन। मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटै कारण प्राविधिक शिक्षाको अभाव हो। यदि व्यक्तिमा प्राविधिक ज्ञान छ भने उसले बिना काम समय खेर फाल्नु पर्दैन भन्छन् राजधानीको व्यस्त बजार बागबजारमा प्राविधिक ज्ञान सिकाउँदै आएका दीपक पोखरेल।

बागबजारमा एलायन्स प्रालि नै सञ्चालनमा ल्याएका पोखरेलले आफ्नो ट्रेनिङ सेन्टरमा तालिम लिएका कोही पनि बेरोजगार बस्नु नपर्ने दावी छ। उनका अनुसार तालिम लिएका विद्यार्थी दक्ष जनशक्तिरुमा बजारमा स्थापित हुने बताए।  

प्राविधिक तालिम कसले लिने ?  

प्राविधिक तालिमहरु हरके बर्ग, हरेक उमेरकाले लिन सक्छन्। नर्मल टेक्निकल अंग्रेजी शव्द बुझ्ने भएमा सजिलो हुने बताउँछन् लामो समयदेखि प्राविधिक तालिम दिँदै आएका रामु सुवेदी। प्रविधिले विश्वलाई एउटै गाउँमा सिमित बनाएको अवस्थामा प्राविधिक ज्ञान आवश्यक हो। त्यसो त अहिले कोरोनाले विश्व आर्थिक चपेटामा थलिएको छ। विश्व भर छरिएका कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरु पनि टाट पल्टिने क्रममा छन्। रोजगार प्रदान गर्दै आएका यस्ता कम्पनीले कामदारको संख्या घटाउने क्रममा छ। नेपाल जस्तो विकासउन्मुख देशका जनशक्ति विदेशमा छ। कोरोनाले स्वदेश फर्किने क्रम जारी छ। स्वदेश फर्किएपछि के गर्ने चिन्ताले पिरलिएका छन्। यस्ता जनशक्तिले प्राविधिक शिक्षा लिए बेरोजगार हुनु पर्दैन। यस्तो वर्गलाई यो अवसर हुन सक्छ। पलम्बर, इलेक्ट्रिसियन, कुक जस्ता प्राविधिक तालिम नेपालमा रुचाइएका छन्। जुन स्वरोजगारका लागि महत्वपूर्ण सावित भएका छन्।  

प्राविधिक शिक्षा एउटा स्वारोजगार बनाउने शिक्षा हो। जुन युवाका लागि यो निकै महत्पूर्ण। अहिले विश्व सबै प्रविधिको युगमा प्रवेश गरिसकेको छ। प्रबिधिले संसारलाई नै एउटै परिधिमा समेटको छ। त्यसैले हरेक मान्छे प्रविधि र प्राविधकि पक्षमा जानकार हुन आवश्यक छ।  

किनकी यसको आवश्यकता पलपलमा पाइला पाइलामा प्रयोग हुने भएकोले लाखौ पर्ने सामानहरुलाई ममर्त गर्न सही किसिमको दक्ष जनशक्ति आवश्यक हुन्छ। युवा पुस्तालाई सक्षम बनाउन सकियो भने लाखौ पर्ने डिभाइहरु फाल्नु पर्दैन र यसले गर्दा कतै न कतैबाट देशको आर्थिक अवस्थालाई सपोर्ट दिइरहेको हुन्छ भने धेरै युवापुस्ता विदेशजानबाट रोकिन्छन् र धेरैलाई रोजगार र व्यवसाय गर्न प्रेरणा दिने शिक्षा हो।  

 

प्रकाशित: ६ आश्विन २०७७ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App