coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

संविधान दिवसमा टेलिकमले ल्यायो यस्तो अफर

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड अफरको प्याकेज ल्याएको छ। आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याक खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।  

यस्तै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक खरिद गर्ने ग्राहकले एड९अन प्याकका रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ।

प्रकाशित: २ आश्विन २०७७ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App