हटमेल डट कम ठेगाना भएका प्रयोगकर्ताले आफ्नै युजरनेमबाट आउटलुक डट कमको नयाँ इमेल ठेगाना बनाउन सक्छन्।
नयाँ इमेल सेवा आउटलुक डट कमले पछि स्काइपबाट कुरा गर्न मिल्ने बनाउने तयारी छ। गुगलले पनि अहिले गुगल टकबाट यस्तो सेवा दिइरहेको छ। माइक्रोसफ्टले गत वर्ष साढे आठ अर्ब अमेरिकी डलरमा स्काइप किनेको थियो।
निःशुल्क इमेलमा अहिले गुगलको जीमेल नै अगाडि छ। यसका प्रयोगकर्ता साढे ४२ करोड छन्। हटमेलसित भने पछिल्लो पटक गन्दा ३५ करोड प्रयोगकर्ता थिए। -एजेन्सीको सहयोगमा
प्रकाशित: १७ श्रावण २०६९ ०५:२४ बुधबार

