४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

ट्विट गरेर क्यान्सरका लागि चन्दा

काठमाडौँ, कात्तिक १ (नागरिक)- तपाईँ ट्विटर चलाउनु हुन्छ भने ट्विट गरेरै गिनिज बुक अभियानमा सहभागी हुन सक्नुहुन्छ। त्यतिमात्र हैन, क्यान्सर रोकथामका लागि चन्दा पनि दिन सक्नुहुन्छ।
ट्विटरमा #BeatCancer ह्यासट्याग राखेर ट्विट गर्नुभयो भने पेपाल र स्वाग नामको संस्थाले प्रति ट्विटवापत् ५ सेन्ट क्यान्सरसम्बन्धी च्यारिटी संस्थालाई चन्दा दिनेछ।

सबैभन्दा व्यापक सोसल नेटवर्किङ सन्देशको गिनिज विश्व रेकर्ड राख्‍न यो अभियान चलाइएको हो।

गत वर्ष यो अभियानले विश्व कीर्तिमान बनाउनुका साथै ७० हजार भन्दा बढी अमेरिकी डलर संकलन गरेको थियो।

प्रकाशित: १ कार्तिक २०६७ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App