६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
प्रविधि

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा थापा मगरले बताए।

यसैगरी नगरलाई सौन्दर्यमुखी बनाउन नगरपालिकाले नेपालगञ्जको सुर्खेत सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा विभिन्न जातको आकर्षक बिरुवा रोप्ने अभियान पनि शुरु गरेको छ । नगरको राझा चोकदेखि भन्सार चोकसम्म वृक्षरोपण गरिने भएको छ।

नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने काम पूरा भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित समितिले नगरको मुख्यमुख्य चोकमा क्यामरा जडान गरेको हो । दोस्रो चरणअन्तर्गत थप चोकमा पनि सिसिटिभी क्यामरा जडान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नन्दलाल वैश्यले बताए।

 

प्रकाशित: २ श्रावण २०७५ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App