९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

एक्सका पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा

सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेको छ। आइओएस एप्पलले आफ्नो यन्त्रहरूमा प्रयोग गर्ने अपरेटिङ सिस्टम हो। यो पहिलो आई–फोन सन् २००७ मा सुरु भएको थियो।

यसले प्राप्त सन्देशहरूलाई व्यवस्थित गर्न र प्राथमिकताअनुसार क्रमबद्ध गर्न मद्दत गर्छ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई प्रतिक्रियाहरूमा देखापर्ने सामग्री नियन्त्रण गर्न र ट्वीटमा सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रियाहरू पनि निर्धारणमा सहयोग पुग्नेछ।

यद्यपि, यस सुविधाको नकारात्मक पक्ष भनेको सन्देशहरू क्रमबद्ध गर्न छनोट गरिएका सेटिङहरू सुरक्षित हुँदैनन्। त्यसकारण, प्रयोगकर्ताहरूले प्रत्येक ट्वीटको लागि सेटिङहरू समायोजन गर्नुपर्नेछ। क्यूएनए/रासस

प्रकाशित: ३१ श्रावण २०८१ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App