समयमा रकम भुक्तानी नभएपछि चार वटा भारतीय च्यानको नेपालमा प्रसारण रोकिएको छ। सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएको जानकारी गराइरहेका छन्।
च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण जी, सोनी, स्टार र कलर्स टेलिभिजन प्रसारण तत्कालका लागि बन्द भएका हुन्।
सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले समस्या भएको सरोकारवालाको भनाइ छ।
आपसी लेनदेनमा विवाद भएपछि विगतमा इन्टरनेट सेवा पनि प्रभावित भएको थियो। च्यानलको प्रसारणबारे चाँडै समाधान खोज्ने सेवा प्रदायक कम्पनीहरुको भनाइ छ।
प्रकाशित: १७ श्रावण २०८१ १२:३२ बिहीबार