८ वैशाख २०८१ शनिबार
प्रविधि

नेपालमा ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक

काठमाडौं- क्यामेरा फोन ब्रान्ड ओप्पोले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउन नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफ थ्री सार्वजनिक गरेको छ। मध्यम वर्गीय उपभोक्ता लक्षित उक्त एफथ्री सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रन्ट क्यामेरासहित गु्रफ सेल्फीका लागि उपयुक्त हुने उक्त फोनमा डुअल फ्रन्ट क्यामेरा रहेको बताइएको छ। एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप सेल्फीका लागि वाइड एंगल लेन्स सहितको क्यामेरा जडान गरिएको जनाएको छ।

'ओप्पोका लागि उपभोक्ताको खुसी र सन्तुष्टी प्राथमिकताको विषय हो। प्राविधिकरुपमा नवप्रवर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादनका साथ हामी फ्रन्ट क्यामेराको माध्यमबाट उपभोक्तालाई  हरेक क्षण रमाउँदै नयाँ अनुभव संगाल्न चाहान्छौं,' ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, 'एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि', एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दुई गुणा बढी फिल्ड अफ भ्यू दिने जनाएको छ।

फोनमा रहेको सिक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च गुणस्तरको तस्विर लिने कम्पनीको दाबी छ। एकल वा व्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्युसन, १/३ इञ्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ। कम्पनीले केही समय अगाडि उपलब्ध गराएको एफवान एसका तुलनामा कार्य क्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको जनाएको छ।

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निसन ब्युल्ट इन रुपमा उपलब्ध गराएको छ। यसले तस्बिर खिच्ने समयमा क्यामेराको फ्रेममा तीन जनाभन्दा बढी मानिसको उपस्थिति देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउने कम्पनीको भनाइ छ। क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्बिर लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७४ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App