८ वैशाख २०८१ शनिबार
प्रविधि

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एसएट र एसएट प्लस

सामसुङ नेपालले बुधबार राजधानीमा अायाेजना गरेकाे एक समाराेहबीच सामसुङ ग्यालेक्सी एसएट र ग्यालेक्सी एसएटप्लस स्मार्ट फाेन सार्वजनिक गर्दै। तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– सामसुङ नेपालले आफ्नो नयाँ मोडलका स्मार्टफोन ‘सामुसङ ग्यालेक्सी एट’ र ‘सामसुङ ग्यालेक्सी एटप्लस’ बजारमा ल्याएको छ। बुधबार एक कार्यक्रमबीच कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो।

नयाँ आएका यी स्मार्ट फोनहरुमा ‘बजललेस डुअर एज इन्फिनिटी डिस्प्ले’ रहेको र यसले मोबाइलको डिस्प्लेलाई उत्कृष्ट दृष्यता प्रदान गरेको कम्पनीले जनाएको छ। मोबाइलमा लोलाइट क्यामरासमेत समामवेश रहेको छ।

सामसुङ नेपालका आईएम बिज प्रमुख प्रणयरत्न स्थापितका अनुसार मोबाइलमा स्मुथ तथा १८ प्रतिशत बढी फराकिलो स्क्रिन डिस्प्ले इन्फिनिटि र बजललेस डिस्प्लेरहेको छ । ग्यालेक्सी एसएटमा ५.८ इन्च लम्बाइ र ग्यालेक्सी एसएटप्लसमा ६.२ इन्चको डिस्प्ले रहेको छ। दुबै फोनको किनारा गोलाकार रहेको र उक्त फोनहरु एकै हातले चाउनका लागि समेत उपयुक्त छ । फोनको अगाडिपछाडि दुबैतिर बलियो सिसा जडान गरिएको छ ।

स्थापितका अनुसार दुबै फोनमा ‘डिफेन्स ग्रेड सेक्युरिटी प्लेटफर्म सामसुङ बक्स रहेको छ। उक्त फोनहरुले फिङ्गर प्रिन्ट र फेस रिकग्निशन जस्ता बायोमेट्रिक प्रणालीको इरिस स्क्यानर प्रविधि राखेर पहिलोपटक ग्यालेक्सी मोबाइललाई बढी सुरक्षित बनाइएको छ । ग्राहकको चाहना अनुसार परम्परागत तवरबाट पिनकोड र प्याटर्न लकका माध्यमबाट पनि सुरुक्षा प्राप्त गर्न सक्नेछन् ।

मोबाइलमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १२ मेगापिक्सेलको रहेको र लो लाइटमा पनि हाइ रेजुलेशनको फोटो खिच्न सकिने छ । मोबाइलमा १० एनएम प्रोसेसर रहेकोले २० प्रतिशत कम ब्याट्रि खपत, मल्टि टास्किङ र ग्राफिक इन्टेन्सिभ गेमलगायत विशेषता समावेश गरिएको छ। यस मोबाइलेले चलचित्र निर्माताहरुले देखाउन चाहने भाइब्रेन्ट रंगीन दृष्ट तथा कन्ट्रास्टसमेत प्रदान गर्न सक्ने कम्पनीको दाबी छ।

उक्त मोइबाइलहरुमा पानी तथा धुलो नछिर्ने, दुई ओटा सिम प्रयोग गर्न सकिने, ६४ जिबी इन्टरनेल मेमोरी, फास्ट चार्जिङलगायत सुविधा रहेको कम्पनीले जनाएको छ।

यी दुबै फोनको खरिदकर्ताहरुलाई एनसेलको सहकार्यमा ८ महिनाका लागि प्रत्येक महिना एक जिबीका दरले ८ जिबी डाटा, शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ६ महिनाको ब्रेकेज इन्स्योरेन्स, ६ महिने किस्ताबन्दीलगायत सुविधा प्रदान गर्ने कम्पनील्े जनाएको छ।

बैशाख २२ गतेदेखि नेपालका निर्धारित केही आउटलेटहरुबाट बिक्री गरिने एसएटको मूल्य ८८ हजार ९ सय र एसएटप्लसको ९८ हजार ९ सय रुपैयाँ पर्ने जनाएको छ। कम्पनीले उक्त मोबाइलहरु प्रिबुकिङ गर्नसमेत सकिने जनाएको छ।

 

प्रकाशित: ६ वैशाख २०७४ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App