१६ चैत्र २०८० शुक्रबार
प्रविधि

नेपाल टेलिकमले सुरु गर्‍यो 4G सेवा

काठमाडौं- टेलिकम्यूनिकेसनको चौंथो पुस्ता 4G आजबाट नेपाल टेलिकमले सुरु गरेको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको 4G सेवाको शुभारम्भ गरे।

पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि *444# डायल गर्नु पर्ने हुन्छ।

पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि *444# डायल गर्नु पर्ने हुन्छ। हालका लागि यो सेवा पोष्टपेड प्रयोगकर्ताहरुका लागि मात्र भए पनि माघ २२ देखि प्रिपेड मोवाइलमा सेवा दिने टेलिकमले जनाएको छ। टेलिकमले  हाललाई 3G कै महसुल दरमा 4G सेवा उपलब्ध गराउने जनाएको छ।

यो सेवा अहिले पोखरा र काठमाडौंमा सुचारु हुने टेलिकमले जनाएको छ। यसको लागि 4G चल्ने मोवाइल सेट आवश्यक हुन्छ। अहिले चलिरहेको सिम कार्डले सपोर्ट नगरेमा टलिकमबाट नयाँ 4G सिम लिनुपर्ने टेलिकमले जनाएको छ। काठमाडौं उपत्यकाको रिङरोड भित्रका सबै क्षेत्र, इन्द्रेणी, गोदावरी रिसोर्ट क्षेत्र साथै भक्तपुरका क्षेत्रहरुमा यो सेवा सुचारु हुने छ। पोखराको हकमा महेन्द्रपुल, न्युरोड र लेकसाइड क्षेत्रमा 4G चल्ने छ।

टेलिकमका अनुसार हाल ३ लाख ५० हजार पोष्टपेड मोवाइलमा यो सेवा सुचारु हुने छ। टेलिकमले 4G सेवा सुचारु गर्न ३.६ मिलियन अमेरिकी डलर खर्च गरेको जनाएको छ।

प्रकाशित: १७ पुस २०७३ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App