४ वैशाख २०८१ मंगलबार
प्रविधि

भायानेटले ल्यायो 'एक्सजीएस' फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम 'एक्सजीएस' फाइबर प्रविधिमा आधारित 'मल्टी गिग' इन्टरनेट सार्वजनिक गरेको छ।

भायानेट कम्युनिकेसनले २ जीबीपीएस एक्सजीएस इन्टरनेट प्याकेजमार्फत नेपालकै पहिलो मल्टी गिग इन्टरनेट सार्वजनिक गरेको हो। कम्पनीले यस अत्याधुनिक प्रविधिको साथ देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार १० गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो, जसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (जीपीओएन) मा आधारित छ।

हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने गिगाबिट प्यासिभ अप्टिकल नेटवर्कको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र अपलोड गति १.२ जीबीपीएस मात्रै रहेको भायनेटले जनाएको छ।

‘भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन नयाँ प्रविधि छनोट गरेको हो’ एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘अब ग्राहकले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्।’

यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टी– डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाा इन्टरनेटको प्रयोगको लागि तयार राख्ने कम्पनीको भनाइ छ।

हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित सेवा काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध रहेको भायानेटले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७९ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App