१५ चैत्र २०८० बिहीबार
प्रविधि

माइक्रोम्याक्सको क्यू ३४९ क्यानभास

काठमाडौ– माइक्रोम्याक्सले ५ इन्च एचडी डिस्प्ले सहितको क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । १ जिबी र्‍याम्प तथा ८ जिबी रोमसहित प्राथमिक तथा फ्रन्ट दुवै ८ मेगापिक्सेलको ‘फ्रन्ट फ्लास’ क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ।

उक्त क्यू ३४९ सेट १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसरमा सञ्चालन हुने यस फोनमा ५.० इन्चको एचडी र २ हजार ५ सय एमएएचको ब्याट्री रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा एन्ड्रोइडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिङ सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूअल माइक्रो सिम प्रयोग हुने र ८ जिबीको इन्टरनल रोम रहेको कम्पनीको भनाइ छ । उक्त स्मार्टफोनको बजार मूल्य ११ हजार १ सय १० रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ असार २०७३ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App