२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

शुद्ध हावा अब बोत्तलमा किन्न पाइन्छ (भिडियाे)

बेइजिङ– विभिन्न नामका बोत्तलमा बन्द गरेर पिउने पानी(मिनिरल वाटर) बेचिएजस्तै बोत्तलमा भरेर श्वास प्रश्वासका लागि लिइने हावा पनि बेचिन्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ।

china-air.jpg

तर, पत्याउनुहोस्, २७ वर्षीय एक युवक लियो डे वाट्सले बेलायतका ग्रामीण क्षेत्रको हावालाई बोत्तलमा बन्द गरेर आर्थिक रुपमा सम्पन्न चिनियाँहरुलाई बेचिरहेका छन्। उनले एक बोत्तल हावाको करिब १२ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेका छन्। वायु प्रदुषणको कहर झेलिरहेको बेइजिङका सम्पन्न व्यक्तिहरुले बोट्सले बोत्तलमा ल्याएको हावा किनेर प्रयोग गरिरहेका छन्। वाट्सले भने लाखौं चिनियाँ रकम प्रदुषणरहित हावा बेचेरै कमाइसकेका छन्।

30E729CA00000578-0-image-m-18_1454676788829.jpg
वाट्सका अनुसार ५ सय ८० मिलिलिटरको सिसाको जारमा भरेर शुद्ध हावा बेइजिङ, सांघाईजस्ता वायु प्रदुषण झेलिरहेका चिनियाँ महानगरहरुमा बिक्री भइरहेको छ। अन्तराष्ट्रिय समाचार संस्था सीएनएनको एक रिपोर्ट अनुसार वाट्सले यस कामको शुरुआत पछिल्लो सालको अन्तिम महिनातिरबाट गरेका थिए। हावाका बोत्तल उत्पादन गर्ने उनको कम्पनी आएट हायरले हालसम्म हजारौं जार हावा बेचिसकेको छ। यस कम्पनीले बोत्तलमा भर्ने हावा बेलायतका डोरसेट, सोमरसेट तथा वेल्स जस्ता इलाकाहरुबाट जम्मा गर्ने गरेका छन्।

खाली जारहरुलाई कारमा लोड गरेर उनको टोली हावा भर्न बिहानै ५ बजे निस्कने गरेको छ। यी जारहरुका विश्वका अनेक क्षेत्रमा जाने गरेका छन्। कम्पनीको वेवसाइटमा राखिएको एक भिडियोमा उनले भनेका छन्, 'हामी कहिले पहाडको उचाइमा हुन्छौं त कहिले गल्छी वा उपत्यकाको गहिराइमा पनि हुन्छौं।'

भिडियाे:

 

प्रकाशित: २६ माघ २०७२ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App