पोखरामा रुख कटान: अनुमति छैन, तर धमाधम काटिए पुराना रुख
पोखरा क्षेत्रमा जथाभावि वर, पिपल र समीका पुराना रुख काटिएको भन्दै आलोचना भईरहेको बेला डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकासँग रुख काट्न कसैले अनुमति लिएको वा नलिएको भन्दै प्रष्टिकरण मागेको छ। पोखरा महानगरले भने कसैलाई पनि रुख काट्ने अधिकार नभएको भन्दै कटान गर्नेलाई कारवाही गरि छाड्ने प्रतिवद्धता जनाएको छ।