१ चैत्र २०८२ आइतबार
image/svg+xml

प्रधानमन्त्री कार्की र कांग्रेस सभापति थापाबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसहितको टोलीले कार्कीसँग भेट गरेको हो।

पोपद्वारा मध्यपूर्वमा शान्तिका लागि अपिल

पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याएका छन्।

कांग्रेस सुधारका लागि महामन्त्री पौडेलले मागे कार्यकर्ता र सुभेच्छुकसँग सुझाव

आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै उनले पार्टीभित्र आवश्यक नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारबारे सुझाव दिन सबैलाई आग्रह गरेका हुन्।

पर्यटकीय याममा पनि दुबई सुनसान

सामान्यतया पर्यटकहरूले भरिभराउ हुने दुबईका बजार, समुद्र तट र वाटरफ्रन्ट क्षेत्रहरू खालि भएको छ।

संख्या तोकेरै बजारमा ग्यास पठाउन थालियो

पोखराको गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनि प्रालिले आइतबार सूचना जारी गर्दै कम्पनिबाट वितरण हुने ग्यास सिलिन्डरको संख्या सार्वजनिक गर्यो। कम्पनिले जारी गरेको सूचना अनुसार आइतबार ३ हजार ८ सय ७८ सिलिन्डर ग्यास (आधा भरि) बाहिरिएको छ।

किशोरी साहको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, मात्रिका यादव सांसद कायमै

अदालतको उक्त निर्णयसँगै सो क्षेत्रबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिका यादवको पद यथावत रहने भएको छ।

जुम्लामा फस्टाउँदै महको मिठास, प्रतिकूल मौसम र नीति अभाव मुख्य चुनौती

सीमित खेतीयोग्य जमिन र रोजगारीको अभावका बीच यहाँका ग्रामीण किसानले यसलाई भरपर्दो आयस्रोत बनाएका छन्। महको मूल्य निरन्तर बढिरहेकाले उत्पादन सीमित भए पनि यसले किसानलाई राम्रो नगद आम्दानी दिलाइरहेको छ।

प्रधानमन्त्री कार्कीका निर्णय विवादमा

सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको नेतृत्व गरेकी कार्कीले चुनाव सम्पन्न भइसकेपछि अन्तिम समयमा आफ्ना विश्वास पात्रहरूलाई पद बाँडेको आरोप लागेको हो।

रवि लामिछानेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, सोमबार पुनः बहस हुने

उक्त निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्रै अघि बढाउने र अन्य दुई गम्भीर आरोप हटाउने निर्णय गरिएको थियो।

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना

पूर्वराष्ट्रपति भण्डारीले आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेकी हुन्।

७० लाख घुस ‘सेतो’ बनाउन रिसोर्टमा लगानी गरेका राजस्वका तत्कालीन महानिर्देशक विरुद्ध मुद्दा

प्राप्त घुस रकमलाई विभिन्न माध्यममार्फत रूपान्तरण गरी जग्गा खरिद गर्न तथा रिसोर्टको ऋण भुक्तानीमा समेत प्रयोग गरिएको आयोगले जनाएको छ।

आवश्यकता भन्दा बढी ग्यास मौज्दात नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी मात्रामा मौज्दात नगर्न आग्रह गरेको छ।

पश्चिम एसियाली मुलुक एवं ट्रान्जिटमा अलपत्र नेपालीको उद्धार प्रभावकारी बनाइने

सरकारले पश्चिम एसियाली मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्काे निर्णय

आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्