टोरन्टो घुम्ती शिविरबाट ४०० नेपालीले लिए राहदानी
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो।