१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दशैंतिहार सुरक्षा योजना : तीन हजार प्रहरी, नाकामा कुकुरसहित चेकजाँच

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ। सुरक्षा योजनामा साढे तीन हजार प्रहरी परिचालन गर्नेदेखि काठमाडौं छिर्ने नाकामा कुकुरसहित चेकजाँच गर्ने सम्मको तयारी छ। प्रहरी परिसरले आइतबार टेकुस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी नेपालीको महान् चाड दशैं, तिहार र छठमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा योजना सार्वजनिक गरेको हो।

दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्।

तिहारमा शरीर पूजा

तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ । संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

पौराणिक तिहार वैज्ञानिक तिहार

सूर्यका छोरा र मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गर्दै यमलोकबाट पृथ्वीमा आए । बहिनीको घरमा उनले खुसीसाथ पाँच दिन बिताए । यमुनाले दाइको निकै आदर सत्कार गरिन् । यसबाट यमराज खुसी भए । उनले यमुनासँग आफूले चाहेको कुरा माग्न भने । यमुनाले हरेक वर्ष दाइले यही समयमा आफूलाई भेट्न आऊन् भनेर मागिन् ।

तिहारले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन गर्ने क्रम पछिल्लो समयमा बढिरहँदा यसपटकको तिहारमा यी दुई फिल्म प्रदर्शन हुन लागेका हुन् ।

अाज कुकुर तिहार मनाइदै (फाेटाे फिचर)

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ। धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

नेपाल टेलिकमको 'तिहार अफर'

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

बजारमा तिहारको रमझम

खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।

तिहारको समाजशास्त्र

तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र कार्की । वातावरणसँग मानिसको सम्बन्धको अर्थमा व्याख्या गर्दै कार्की भन्छन्, ‘सिंगो इकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्बोल हो ।’

तिहारका लागि पाँच करोडको स्याउ आयात

तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।

डिशहोमको दशैँ तिहार योजनामा ३ हजारको छुट

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिशहोमले नेपालीहरूको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरू माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ।

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।

तिहार र मेरा बा

आफैले अनुभूत गरेको प्रेमको भ्रान्तिबाहेक सांसारिक रचनामा मानिस सधैँ एक्लै हुन्छ– जन्मँदा एक्लो, मर्दा पनि एक्लो, एक्लोपना शाश्वत सत्य । आफू एक्लो छैन भन्ने भ्रान्तिमा राख्न मानिस सधैँ आफन्ती मनोकल्पनाहरू रचना गर्छ र बेलाबेला समूहकै माझमा ब्युँझेर त्यही शाश्वततालाई आत्मसात गर्छ । एक दिन मलाई त्यस्तै भयो । दसैँ भर्खरै सकिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्