५ श्रावण २०८३ मंगलबार
image/svg+xml

खुसीमार्फत मानसिक शान्ति

विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ।

तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ।

प्रधानमन्त्री शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन्।

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण, सबैभन्दा धेरै भारतीय

यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बंगलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्।

काठमाडौं महानगरको नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको व्यवसाय कर मिनाहा हुने

महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनअनुसार यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका व्यवसायले २०८३ साल असोज मसान्तभित्र व्यवसाय दर्ता गरे विगतका वर्षको व्यवसाय कर तिर्नुपर्ने छैन।

मिथिला परम्पराका प्रतीक ज्ञानकुप, विद्याकुप र शतानन्दकुप

जनकपुरधामस्थित श्री याज्ञवल्क्य संस्कृत मावि परिसरमा रहेका ज्ञानकुप, विद्याकुप र शतानन्दकुप मिथिलाको धार्मिक आस्था, सांस्कृतिक चेतना तथा शैक्षिक परम्पराका महत्वपूर्ण प्रतीक हुन्। यी कुप ज्ञान, विद्या र आध्यात्मिक शान्तिसँग जोडिएका छन्।

गौरसहित दर्जनौं गाउँ डुबानको जोखिममा

वर्षायाम सुरु भएसँगै रौतहट–सर्लाहीको बागमती नदी पूर्वी तटबन्धको संयुक्त अनुगमन गरी जोखिमयुक्त स्थानमा तत्काल मर्मत गर्ने निर्णय भएको छ।

सिक्किममा पहिरोले सुरुङको प्रवेशद्वार थुनियो : सातको मृत्यु, २० जना फसेको आशंका

भारतको सिक्किमस्थित नाम्ची जिल्लामा सोमबार गएको पहिरोका कारण सुरुङको प्रवेशद्वार अवरुद्ध हुँदा ठूलो दुर्घटना भएको छ।

बिदा पुनरवलोकन : सेवामा सुधार होला ?

निजामती प्रशासनमा सेवा प्रवाहलाई सुस्त बनाएको मुख्य कारकका रूपमा औंल्याइँदै आएको ‘सार्वजनिक बिदा’को औचित्यमाथि सरकारले पुनः मन्थन सुरु गरेको छ।

लाइसेन्सको काम एक सातालाई अवरुद्ध

यातायात व्यवस्था कार्यालय बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

‘लट्री’देखि ‘रोमान्स’सम्मका सात तरिकाबाट हुन्छ अनलाइन ठगी : बच्न नेपाल राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले हालै यससम्बन्धी जनचेतनामूलक विवरण सार्वजनिक गरेको हो।

स्थानीय सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध

नेपालको संघीय संरचनाले स्थानीय तहलाई व्यापक अधिकार दिएको भए पनि कार्यान्वयनमा अझै चुनौती छन्।

कालीमाटीमा यस्तो छ आज कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

फुटबलमा पुस्तान्तरण

३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो।

सरकार अब हरेक दिन नागरिकलाई लखपति बनाउँदै, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्