१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

अवैध बाटो अमेरिकी यात्राः मेक्सिकोमा सेनाको गोलीबाट ६ जनाको मृत्यु, नेपाली हुनसक्ने आशंका

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारी वाङचुकले गरिन् स्वागत

बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ ।

मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लामा घटस्थापना

कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्पराअनुसारै मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै घटस्थापना गरिएको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ।

दसैँका लागि काठमाडौं आइपुग्यो च्याङ्ग्रा (तस्बिरहरू)

दसैँका लागि निजी क्षेत्रले खरिद गरेको च्याङ्ग्रा काठमाडौं आइपुगेको छ। बिहीबार पहिलो लटको च्याङ्ग्रा कंलकीस्थित खस बजारमा झारिएको हो।

अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे

अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।

विपदमा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँः स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

स्नातक दोस्रो वर्ष पास भएपछि रचना भन्छिन्: सङ्गीतसँगै पढाइलाई अघि लैजाँदै छु

रिमालले स्नातक दोस्रो वर्ष उत्तीर्ण गरेकी छिन्। बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो। रिमालले आफू उत्तीर्ण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।

किसानले नै घटाए च्याङ्ग्राको मूल्य

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्।

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

प्रधानमन्त्री ओली र बङ्गलादेशकी मन्त्री हसनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ।

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या आधाले घटेको छ।

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धारः गृह मन्त्रालय

गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्