५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुस्ताङबाहेक सबैतिर डेंगी

मान्छेको आउजाउ बाक्लो हुँदै गएको र पर्याप्त सवारीसाधन चलिरहेकाले डेंगी फैलाउने लामखुट्टे मुस्ताङ उक्लिन सक्छ।

मार्फासँग सुटुक्क पिरती

कहिले उज्यालो होला र मुस्ताङ जान पाइएला भन्ने लागिरहेको छ। बाबा भोलिका लागि जिप खोज्न जानुभएको छ। हामी चार दिदीबहिनी होटलका कोठामा छौँ। खाना खाएर सुत्न गयौँ। बाबाले ‘विहान पाँचै बजे जिप जान्छ।

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

हिमाली जिल्लामा मानवअधिकार खस्कँदो

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय मानवअधिकार हननका घटना बढ्न थालेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगतले चिन्ता जनाएको छ।

प्रभु बैंकका पाँच शाखारहित थपिए

प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन भन्दै मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कागबेनीमा एक दिनमा ५३ सय श्रद्धालु

हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्। यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।

पशुबिमा नगर्दाको नोक्सान

मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसान पासाङ गुरुङले दुई सयभन्दा बढी च्यांग्रा पालेका छन्। १५ वटाजति भेडा र केही चौरी पनि छन्। तर, गुरुङले पालेका कुनै पनि पशुको बिमा गरेका छैनन्। पशुको बिमा गर्दा लगानी सुरक्षित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि गुरुङले चासो दिएका छैनन्।

खान नपाएर १४ सय पशु मरे

झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ।  मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्।

मुस्ताङको हिउँमा स्की

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा दोस्रो संस्करणको राष्ट्रियस्तरको स्की प्रतियोगिता गरिएको छ। समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाइको मुक्तिनाथ क्षेत्रमा स्की एसोसिएसनले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो। राष्ट्रियस्तरको दोस्रो संस्करणमा विभिन्न पाँचवटा विधामा प्रतिस्पर्धा भएको थियो।

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ।

पहिराेले कालीगण्डकी नदी थुनियाे, सावधानी अपनाउन आग्रह

मुस्ताङको घरापजोङ गाउँपालिका-१ मा गएको पहिरोका कारण कालीगण्डकी नदी केहि मात्रामा थुनिन पुगेको छ।

मुस्ताङमा हिमपात (फोटो फिचर)

लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ।

आँखा नअघाउने मुस्ताङ

हेम्जा पुग्दा माछापुच्छ्रे सेताम्मे भएर टल्कियो। मनमनै लाग्यो, ‘मुस्ताङ जान लागेका भनेर स्वागत गरेको होला।’ प्रकृति त्यसरी स्वागत गर्दैैथियो, सडकले भने उल्झन थपिरहेको। विस्तार हुन लागेको रहेछ सडक। कतै निर्माण सामग्रीका थुप्रोले छेक्थ्यो, कतै निर्माण औजारले। यी दुवै नभएको ठाउँमा विपरीत दिशाबाट आएको अर्को सवारीले।

मुस्ताङमा पर्यटक बढे

सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १२ प्रतिशतले वृद्धि भएको छ।

‘लटरम्म स्याउ बोटैमा’

भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्