दसैँपछि हराउँछ गाउँको रौनक
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ।
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा आज अन्तिम दिन टीका र जमरा लगाइँदै छ।
दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ। फूलपातीका दिन बिहीबार शुरु भएकोबडादशैँको सार्वजनिक बिदा आजसम्म छ।
विजयादशमीको अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा स्थापित गरिएका ४ सयभन्दा बढी दुर्गा भवानीको मूर्ति विर्सजन गरिएका छन्।
केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ। चचहुइइ...गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ। जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो।
गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पत्तीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ।
यसपटक प्रधानमन्त्री ओलीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पिडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन्।
आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ।
आश्विन शुक्ल नवमीका दिन शुक्रवार दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।
बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्।
निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष विमल केसीको सहयोगले नेपाल भारतको सीमावर्ती क्षेत्रमा दाउरा बटुलेर बिहान साँझको जोहो गर्ने घरपरिवारमा दसैँको खुसी आएको छ।
च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किँदै गरेका उनले भने, ‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन। यसपटक धोका खाइयो।’
समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन। तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र दसैँ मनाइरहेका छन्। सबैलाई शुभकामना।