५ आश्विन २०८३ सोमबार
image/svg+xml

एमाले संसद्ले ‘रविले अदालतको फाइल जलाउने आदेश दिए’ भनेपछि.....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अदालतका फाइल जलाउन निर्देशन दिएको आरोप लागेपछि सोमबारको प्रतिनिधि सभा बैठकमा केहीबेर तनाव उत्पन्न भयो।

२८ वर्षमा यती एअरलाइन्सले दियो ९ लाख यात्रुलाई सेवा

यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई हवाई सेवा दिएको जनाएको छ ।

आक्रोशसहित आशिकाको प्रश्न: देश हाँक्ने नेता नयाँ चाहिने, गाडीको इन्जिन चाहिँ उही थोत्रा ?

तामाङले देश सञ्चालनका लागि नयाँ नेतृत्व आए पनि सडकमा गुड्ने सवारीसाधन भने वर्षौं पुराना हुँदा नागरिकले स्वच्छ हावामा सास फेर्न नपाएको बताइन्।

आफ्नो आवाज सुनाउन नेपालीले ज्यानै जोखिममा राख्नुपर्ने किन ?

त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि नागरिकको पीडा, निराशा र राज्यको जवाफदेहितामाथि फेरि गम्भीर प्रश्न उठेको छ ।

राष्ट्रियसभा : दुई दिने बिदाले सेवा प्रवाहमा सुधार आएन, पुनरावलोकन गर्न माग

राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरावलोकन गर्न माग गरेका छन्।

‘यस्तो महँगीमा चिया खान कहाँ जाने सभामुख महोदय ?’

संघीय संसद भवनभित्र सञ्चालित क्यान्टिनमा अस्वाभाविक रूपमा महँगो मूल्य लिइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र अधिकारीले उक्त क्यान्टिन तत्काल बन्द गर्न माग गरेका छन्।

बस आ*गलागीमा परेका चालकको शरीरमा ९० प्रतिशत जलन

त्रिपुरेश्वरमा बस आ*गलागीमा परेका २५ वर्षीय चालक दावा लामाको अवस्था चिन्ताजनक रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ।

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।

रास्वपा सांसदको प्रश्न : दिल्ली पुग्न हवाई भाडा सस्तो, सुदूरपश्चिम पुग्न महँगो किन ?

सांसद अवस्थीले नेपालका आन्तरिक हवाई उडानको चर्को भाडाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

दुई राज्यको चुनावी नतिजाले मर्जमाथि दबाब

मेक्लेनबर्ग-पश्चिमी पोमेरानियाको परिणामलाई उनले ‘विपत्ति’ को संज्ञा दिँदै देशलाई सुधारका लागि दृढता र धैर्य आवश्यक रहेको बताए।

जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।

सिंहदरबारमा प्रधानमन्त्री शाहसँग कांग्रेस नेताको भेट

प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेट गरेका छन्।

राजदूत नियुक्तिमा विदेशी दबाब र अर्बौंको चलखेल हुनसक्छ : ज्ञानेन्द्र शाही

शाहीले राजदूत नियुक्ति गर्दा सरकारले आफैँले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन्।

भोटेकोशी प्रभावितलाई कागजी प्रक्रियामा अल्झाएर राख्न हुँदैन : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढी प्रभावित परिवारलाई कागजी प्रक्रियाका कारण थप अन्योलमा नराख्न सरकारसँग माग गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्