लाङटाङमा साढे १७ हजार पर्यटक भित्रिए
निकुञ्ज आएका पर्यटकबाट तीन करोड २३ लाख १६ हजार सात सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ। यो निकुञ्जमा एक वर्षमा संकलन भएको राजस्वको ७३.४८ प्रतिशत हो।
निकुञ्ज आएका पर्यटकबाट तीन करोड २३ लाख १६ हजार सात सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ। यो निकुञ्जमा एक वर्षमा संकलन भएको राजस्वको ७३.४८ प्रतिशत हो।
भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् । रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।
पर्यटन वर्ष सुरु हुनै लाग्दा सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क बढाएको छ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्।
अन्तरिक्षमा घुम्न चाहनेहरुको लागि नासाले एउटा विशेष सुविधाको व्यवस्था गर्दैछ। योसँगै पर्यटकलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जाने अनुमति समेत दिइनेछ।
प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो।
त्यस्तै, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल आउने पर्यटकको सुरक्षा तथा आवश्यक सेवामा पर्यटक प्रहरीले पु-याउँदै आएको कामको खुलेर प्रशंशा गरे।
चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्।
मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ। पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गरे।
पर्यटकहरूको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा केन्द्र स्थापना गरिएको हो।
भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने भएको छ।
पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जले जनाएकाे छ ।
पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक वर्ष ०७५/७६ सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ जिल्लाका ४४ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेशका हरेक जिल्लाबाट चारवटाका दरले ४४ वटा नयाँ गन्तव्य बनाउने प्रदेश सरकारको तयारी छ ।