१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालको कृषि क्षेत्रमा सहकार्य बढाउन मेक्सिकोसँग मन्त्री अधिकारीको आग्रह

मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी मेक्सिको प्रस्थान

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्दैछन्।

रामपुरका ३ सय ७ जना किसानलाई गहुँको बीउ वितरण

एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

राष्ट्रपति अजरबैजान उडे, कार्यभार उपराष्ट्रपतिलाई

राष्ट्रपति पौडेल विदेश भ्रमणमा निस्किएपछि आफ्नो अनुपस्थितिमा राष्ट्रपतिले सम्पादन गर्ने काम उपराष्ट्रपति राम सहाय यादवलाई जिम्मेवारी तोकेका छन् ।

'फाल्गुनन्दले तयार पारेका ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक'

उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन्।

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्नेछन्।

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएका छन।

रामेछापमा व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ।

एक सय ६२ सडक मानवको उद्धार

तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान मंगलबार बागलुङ आइपुगेको छ।

नेपाल संवत्ले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन प्रेरणा मिल्ने छ:राष्ट्रपति पौडेल

उनले समाचारको सारांराष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्नेमा उनले विश्वास व्यक्त गरेका छन्।

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै

पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ। नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्