७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी मेक्सिको प्रस्थान

फाइल तस्बिर

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेका छन्।

मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री अधिकारीको मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र बहुपक्षीय बैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ।

छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरु र संयुक्त कार्यक्रम विकासकोे योजना तयार  गरिनेछ।

मन्त्री अधिकारीले  मेक्सिकोको कृषि सम्वन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्।  

मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरुपका क्रियाकलापहरुमा टेवा पुग्ने छ।

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत छन्।

प्रकाशित: २७ कार्तिक २०८१ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App