४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काँग्रेसले ८४ को चिन्ता गर्ने होइन आज सम्हाल्ने हो: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनलाई लिएर चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङमा उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसले भविष्यको चिन्ता गरेर बस्ने भन्दा वर्तमानलाई सम्हाल्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताए।‘

नेपालका मुख्य शहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।

बागलुङे किसान स्याउमा भविष्य खोज्दै

एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।

सुनसान छन् बागलुङका घरबास, छैनन् पाहुना

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ।

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन्।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो।

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्यांक छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ।

बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

जन्मनेबित्तिकै छोरीको बैंक खातामा पाँच हजार रुपैयाँ

बागलुङ नगरपालिकामा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ।

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्