४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपाले २३ गते श्रद्धाञ्जलीसभा गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।

सुकेटारबाट शव लिएर सेनाको हेलिकप्टर उड्यो

मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंको लागि उडेको छ।

म पनि जाने भनेको थिए : सांसद विजय सुब्बा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिकमा निर्वाचित विजय सुब्वाको पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ताप्लेजुङको चुहानडाँडामा जाने तयारी थियो। चुहानडाँडामा नयाँ एयरपोर्टका राख्ने आफ्नो पनि इच्छा भएकाले त्यस ठाउँमा जाँने कुरा उनले पर्यटनमन्त्रीसँग गरेका थिए।

दमकले गुमायो विकासका योजनाकार

प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। सामान्य परिवारका दाहाल धनकुटाका हुन्। ३ वर्ष ६ महिना दमक नगरपालिकाका कार्यकारी अधिकृत हँुदै प्रमुख प्रशासकीय अधिकृतसम्म भए। केपी शर्मा ओली प्रधानमन्त्री भएपछी उनी निजी सचिवका रूपममा काम थाले। सामान्य परिवारका उनी अधिकृत हँुदै दमकमा आएका थिए।

हेलिकप्टर दुर्घटना : हेर्दाहेर्दै पहरामा ठोक्कियो

‘हिँउ परिरहेको थियो। चिसो अत्यधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। नजिकैबाट निक्कै ठूलो कराएको आवाज सुनियो। स्विइयँ हेलिकोप्टर आयो। उठेर हेर्दै थियौं। एकै छिनमा गएर ड्याङ्ङ ठोकियो। एउटा पङ्खा उछिट्टिएर भिरतिर डाँडापारि पुग्यो। अनि धुवाँ निस्क्यो, धुवाउँदै पहरामा खस्यो।’ ताप्लेजुङ मायम घर भई घास काट्न गएका प्रत्यक्षदर्शी सुकवीर भट्टराईले ताप्लेजुङमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनाको दृश्य यसरी सुनाए। उनका अनुसार सेतोपहरा भन्ने ठाउँमा हेलिकोप्टर ठोक्किएको थियो।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार ल्याइयो, खराब माैसमका कारण काठमाडाैं पठाउन ढिलाइ

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव बिहान घटनास्थलबाट सुकेटार एअरर्पोट ल्याइएको छ।

हेलिकप्टर दुर्घटना : घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउँन समस्या

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ मध्ये ३ जनाको शव भने अहिले बिहान घटनास्थलबाट उठाइने भएको छ ।

मन्त्रिपरिषद् निर्णयः मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छानविन समिति गठन

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते (भोलि बिहीवार) राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

हेलिकप्टर दुर्घटना अपडेटः शवहरु भोलिमात्रै काठमाडौं पठाइने

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बिहीबार बिहान काठमाडौं पठाइने भएको छ। बुधवार साँझ सवा ७ बजेसम्म ४ वटा शव मात्र सुकेटार विमानस्थलसम्म ल्याइएको र बाँकी ३ वटा शवको संकलन कार्य जारी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका २ जनाकाे शव सुकेटार एयरपाेर्ट ल्याइयाे

ताप्लेजुङको पाथीभरा मन्दिर नजिक भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव मध्ये २ जनाको शव सुकेटार एयरपाेर्ट ल्याइएको छ।

योगेश भट्टराईको प्रश्न: सात जनालाई हालेर किन उडान गरियो?

नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

प्रत्यक्षदर्शीकाे बयान : 'दुर्घटनाकाे दृश्य सपनाजस्ताे लाग्याे'

‘हिउँ परिरहेको थियो। चिसो अत्याधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। रुखको फेदमा आगो तापेर बसिरहेका थियौँ। उताबाट हेलिकप्टर आयो। उठेर हेर्दै थियौं। पहरामा गएर गर्लम्म ठोकियो।

हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाईने भएको छ।

हेलिकप्टर दुर्घटना अपडेट: सातै जनाको शव भेटियो, काठमाडौं ल्याउने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार घटनास्थलमा ७ वटै शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्