९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन्।

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।

राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए जानकारी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता भएको छ।

नदी किनारबारे बालेनको प्रशंग उठाएपछि प्रधानमन्त्रीले भने: 'राम्रो प्रश्न', तर जवाफ दिएनन्

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मेयर साहले उठाएको खोला किनाराको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको जवाफमा राम्रो प्रश्न भन्दै टारे।

राष्ट्रसंघको महासभा भैँसी दुन गएजस्तो होइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका छन्।

हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय (विज्ञप्तिसहित)

विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको सम्बोधन तथा द्विपक्षीय भेटवार्तामा व्यक्त विश्वशान्ति, मानव–पृथ्वीको रक्षा, जलवायु न्याय, गरिबी निवारण, लोकतन्त्र र आर्थिक रूपान्तरणका यात्रामा नेपालको प्रयासबारे अवगत भएको छ ।

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्न सरकार सकारात्मक छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ: परराष्ट्रमन्त्री डा राणा

भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।

‘जलवायु संकट रोक्न जीवाश्म इन्धन प्रतिस्थापन’

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य संकट रोक्न विश्वले जीवाश्म इन्धनको प्रतिस्थापन गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले भेटे कुवेतका राजकुमार

उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओली र मोदीबीचको भेटवार्तामा के भयो छलफल ?

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

आइतबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुगेका छन्।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्