जेनजीको अनुरोधमा सरकारमा गएँ, पदलोलुप होइन : अध्यक्ष घिसिङ
उनले लेखेका छन्, ‘जेनजी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ।’

