२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति भारतद्वारा चिन्ता व्यक्त

भारतले पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति चिन्ता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले बुधवार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै ईरान यात्रा नगर्न पनि आग्रह गरेको छ।

केन्द्रीय कारागार अस्पतालको सेवा र जनशक्ति बढाउनुपर्नेमा जोड

काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरूले जोड दिएका छन् ।

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन

बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन्। बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्।

हनुमाननगर–राजविराज सडक जीर्ण

दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न प्रशासनलाई आग्रह

पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणिकरण

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन्।

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ।

दसैँलक्षित बजार अनुगमन सुरु

सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आज बुधबारदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।

बाढीपीडित भन्छन्: ‘कुकुरसँग बित्छ रात’

हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ। सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्।

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती, पानीमा मनोमानी शुल्क

कृष्णा सप्लायर्सलाई तीन दिन भित्र म्याद गुज्रिएका एक लाख २५ हजार ६ सय ८० मूल्य बराबरका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ।

टिम साउथी र बाबर आजमले छाडे कप्तानी

श्रीलंकामा शृङ्खला पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन्।

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्