२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा डायलाइसिस सेवा सुरु, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएका छन् ।

फोक्सिन्टारको पुल बगेपछि लम्बियो खोटाङवासीको यात्रा

फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

भरतपुर कारागारमा दिर्घरोगका बिरामी थपिँदै, उपचारको बजेट घट्दै

चितवनको भरतपुर कारागारमा दिर्घरोगका बिरामीको संख्या बढ्दै गएको छ। अन्य जिल्लामा भन्दा भरतपुरमा उपचारको सहज पहुँच भएका कारण बाहिरी जिल्लाबाट बिरामी कैदिबन्दी आउने हुनाले संख्या बढ्दै गएको हो।

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

अवैध बाटो अमेरिकी यात्राः मेक्सिकोमा सेनाको गोलीबाट ६ जनाको मृत्यु, नेपाली हुनसक्ने आशंका

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारी वाङचुकले गरिन् स्वागत

बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ ।

मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लामा घटस्थापना

कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्पराअनुसारै मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै घटस्थापना गरिएको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ।

दसैँका लागि काठमाडौं आइपुग्यो च्याङ्ग्रा (तस्बिरहरू)

दसैँका लागि निजी क्षेत्रले खरिद गरेको च्याङ्ग्रा काठमाडौं आइपुगेको छ। बिहीबार पहिलो लटको च्याङ्ग्रा कंलकीस्थित खस बजारमा झारिएको हो।

अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे

अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।

विपदमा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँः स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

स्नातक दोस्रो वर्ष पास भएपछि रचना भन्छिन्: सङ्गीतसँगै पढाइलाई अघि लैजाँदै छु

रिमालले स्नातक दोस्रो वर्ष उत्तीर्ण गरेकी छिन्। बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो। रिमालले आफू उत्तीर्ण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।

किसानले नै घटाए च्याङ्ग्राको मूल्य

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्।

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्