३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आजदेखि थप ५ जिल्लामा पारिवारिक इजलास

सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।

स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित एकजना पक्राउ

काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रूपैयासहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ।

बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ :उपसभामुख राना

सङ्घीय संसदका सदस्यहरूका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको सुयोग सहकारीमा ७ करोड हिनामिना,अध्यक्षसहित तीन पदाधिकारी पक्राउ

निक्षेपकर्ताको सात करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको सुयोग बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ।

बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए

डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ।

लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौंः अर्थ सचिव मरासिनी

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैङ्कहरूमा रहेको ६अर्ब लगानी योग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन्।

प्रहरीले गर्‍यो एक करोडभन्दा बढीकाे सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ।

चुनावमा गरिएको प्रतिबद्धता कार्यान्वयनबारे छलफल

नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ।

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन कोहलपुरमा प्रहरीले गोली चलायो

कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्